सगरमाथा इन्स्योरेन्सको अध्यक्षमा पुनः रामकृष्ण मानन्धर चयन

  २०७६ असार १५ गते १५:५८     विकासन्युज

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि.को शुक्रबार सम्पन्न २२ औं साधारण सभाले कम्पनीको संस्थापक शेयरधनी समूह क बाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूह ग बाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचित गरेका छ ।

संस्थापक शेयरधनी समूह क बाट रामकृष्ण मानन्धर, लोकमान्य गोल्छा र सिद्धार्थमणि राजभण्डारी निर्बिरोध निर्वाचित भएका हुन् भने सर्वसाधारण शेयरधनी समूह ग बाट कीर्तिकुमार जोशी र गजेन्द्रलाल श्रेष्ठ निर्बिरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।

कम्पनीमा बैदेशिक संयुक्त लगानी साझेदार सेलिन्को इन्स्योरेन्स पिएलसीबाट मनोनित १ जना र स्वतन्त्र संचालक १ जना सहित जम्मा ७ जनाको संचालक समिति रहनेछ । सोही दिन सांझ बसेको नवनिर्वाचित संचालकहरुकोे बैठकले संचालक समितिको अध्यक्षमा रामकृष्ण मानन्धरलाई सर्वसम्मत चयन गरेको जनाइएको छ । उक्त साधारण सभाले कम्पनीको नियमावलीमा शंसोधन गरी सञ्चालक समितिको संख्या ७ जना कायम गरेको हो ।

सगरमाथा इन्स्योरेन्सको साधारण सभाले पारित गर्यो ८६ प्रतिशत बोनश सेयर दिने प्रस्ताव

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.