सिद्धार्थ इन्स्योरेन्सले पारित गर्यो १५.४८% बोनश सेयर दिने प्रस्ताव, ३ सञ्चालक निर्वाचित

  २०७६ असार १३ गते १४:१७     विकासन्युज


काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १७ वार्षिक साधारण सभाले सेयरधनीहरुलाई १५.४८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न साधारण सभाले चुक्ता पूँजीको १५.४८ प्रतिशतले हुन आउने १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै कम्पनीले सञ्चालक समितिमा समूह ‘क’ संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित ३ जनाको नाम सार्वजनिक गर्यो । कम्पनीको सञ्चालनमा पवनकुमार अग्रवाल, रतनलाल केडिया र राहुल अग्रवाल २०७६ असार ६ गते निर्वाचित भएका हुन् ।

साधारण सभामा सेयरधनीका तर्फबाट अमृतनाथ रेग्मीले पछिल्लो समय बैंकहरुलाई विभिन्न हावा चलेको छ, यस्तो बेलामा इन्स्योरेन्सहरुपनि सचेत रहन आवश्यक रहेको बताए । अर्का लगानीकर्ता उद्धवप्रसाद घिमिरेले सिद्धार्थले प्रदान गरेको प्रतिफल प्रति खुशी व्यक्त गर्दै भने–१५.४८ प्रतिशत प्रतिफल भनेको चानचुने कुरा होइन ।

लगानीकर्ताको अभिव्यक्ति सुनिसकेपछि संचालक समितिका अध्यक्ष रतनलाल केडियाले भने–‘लगानीकर्ताहरुले राख्नु भएको माग हामीे पूरा गर्न प्रतिवद्ध छौँ, महिला सञ्चालक समेतको माग हुँदै आएको छ, हामीले सो कुरालाई समेत प्राथमिकतामा राखैका छाँै, आगामी दिनमा ठाउँ खाली हुने बित्तिकै सो माग पूरा हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.