नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीमा ३२ जनालाई अवसर, कहिलेसम्म र कहाँ दिन आवेदन ?

  २०७६ असार १३ गते १०:२६     विकासन्युज


काठमाडौँ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले विभिन्न पदमा ३२ जना कर्मचारी माग गरेको छ । कम्पनीले सहप्रबन्धक(९ तह)देखि वरिष्ठ सहायक(५ तह) सम्मका पदमा कर्मचारी माग गरेको हो । प्रधान कार्यालय, शाखा कार्यालय र उपशाखा कार्यालयमा रिक्त रहेका पदहरुमा लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागिएको कम्पनीले जनाएको छ ।

सहप्रबन्धक(९ तह) २ जना, उपप्रबन्धक(८ तह, प्रशासन) ४ जना, उपप्रबन्धक(लेखा) १ जना, सहायक प्रबन्धक(७ तह, प्रशासन) ४ जना, सहायक प्रबन्धक(लेखा) १ जना, सहायक प्रबन्धक(कानून) १ जना, शाखा अधिकृत प्रशासन(६ तह) ४ जना, शाखा अधिकृत(लेखा) २ जना, बरिष्ठ सहायक(५ तह, प्रशासन) १० जना र वरिष्ठ सहायक(लेखा) ३ जना माग गरिएको हो ।

असार १३ गतेदेखि २१ दिन भित्र अर्थात साउन २ गतेसम्म आवश्यक पदहरुमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको वेवसाइटबाट दरखास्त फारम डाउनलोड गरी कम्पनीको प्रधान कार्यालय रामशाहपथ काठमाडौँमा बुझाउन सकिनेछ । दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्म आवेदन दिन सकिने छ ।

तह ९ र ८ को लागि १५००, तह ७ र ६ को लागि १२०० र तह ५ को लागि ७०० रुपैयाँ परीक्षा दस्तुर लाग्नेछ । थप समावेश समूहको लागि क्रमशः ५००, ४०० र ३०० रुपैयाँ थप लाग्नेछ । सम्बन्धित पदहरुमा माग भएको आवश्यक योग्यता अनुसार स्नातकोत्तर देखि दश जोड दुई उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.