विद्युत प्राधिकरणले माग्यो ६५४ जना कर्मचारी, एसइईमा सी ग्रेड ल्याउनले पनि आवेदन दिन पाउने

  २०७६ असार १३ गते ९:५०     विकासन्युज

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ६५४ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले अधिकृत स्तर(१० तह) देखि जुनियर टेक्निसियन(तह ३) सम्म कर्मचारी माग गरेको हो । विभिन्न तह र सेवा समूहमा रिक्त पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ । असार १३ गतेदेखि २१ दिन भित्र अर्थात साउन २ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्राविधिक र प्रशासन सेवा समूहमा कर्मचारी माग गरेको छ । विभिन्न सेवा समूह/उपसमूहका अधिकृत स्तर(७ तहदेखि १० तहसम्म) का १११ जना, सहायक स्तर मिटर रिडिङ सुपरभाइजर(प्रशासन) ४२ जना, लेखापाल ३६ जना, सुपरभाइजर(५ तह, प्राविधिक) ८५ जना, सिनियर मिटर रिडर(४ तह) ६७ जना, सहायक लेखापाल ५१ जना, फोरमेन(इलेक्टिकल, मेकानिकल, सिभिल) ११९ जना, इलेक्ट्रिसियन(३ तह) १३४ जना, जुनियर मिस्त्री ७ जना र जुनियर टेक्निसियन २ जना माग गरेको हो ।

अधिकृत स्तर १० तहको लागि २०००, ९ र ८ तहको लागि १५००, ७ तहको लागि १२०० रुपैयाँ परीक्षा दस्तुर बुझाउनु पर्नेछ भने सहायक स्तर तह ५ को लागि ८००, तह ३ र ४ को लागि ६०० दस्तुर बुझाउनु पर्ने जनाइएको छ ।

अधिकृत स्तरका सबै र काठमाडौँ क्षेत्रका सहायकस्तरका दरखास्त फारम नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुरमा बुझाउनु पर्नेछ । अन्य क्षेत्रको सहायक स्तरका पदहरुमा सम्बन्धित क्षेत्रीय कार्यालयहरु क्रमशः विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरिया मै आवेदन दिनु पर्ने प्राधिकरणले जनाइएको छ ।

सम्बन्धित पदमा आवश्यक योग्यताका आधारमा स्नातकोत्तरदेखि प्राविधिक एसएलसी उत्तीर्ण वा प्राविधिक एसइईमा कम्तीमा सी प्लस ग्रेड ल्याएकाले आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.