विश्व बैंक उपाध्यक्षले किन गरे अर्थमन्त्री डा. युवराज खतिवडाको प्रसंशा ?

  २०७६ असार १२ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपालको अर्थतन्त्रमा व्यापक सुधार गरेको भन्दै विश्व बैंकका प्रतिनिधीले अर्थमन्त्री डा. युवराज खतिवडाको प्रसंशा गरेका छन् । अर्थ मन्त्रीसँग मन्त्रालयमै भेट गर्दै विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोले प्रसंशा गरेका हुन् । भेटका अवसरमा अर्थमन्त्री खतिवडाले नेपालको विकास प्रयासमा बैंकको निरन्तर सहयोग प्रति आभार व्यक्त गरेका थिए ।

सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने र सन् २०३० सम्ममा कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्य हासिल गर्न वर्तमान सरकार कटिवद्ध रहेको चर्चा गर्दै यसका लागि बिश्व बैंकको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गरेका थिए । भेटघाटका क्रममा विश्व वैंकका तर्फबाट अर्थमन्त्रीको नेतृत्वमा विभिन्न आर्थिक सुधारका कार्यक्रमहरुलाई तिव्रताका साथ अगाडि बढेकोमा प्रशंसा गरिएको थियोे ।

मुलुकको दीर्घकालीन सोचका बारेमा उपाध्यक्ष तथा महालेखा परीक्षकले राखेको जिज्ञासामा अर्थमन्त्री खतिवडाले विश्व बैंकले आगामी दिनमा पु¥याउन सक्ने थप सहयोगको अपेक्षा सहित नेपालले अवलम्बन गरेका दीर्घकालीन सोंचका बारेमा जानकारी गराउँदै विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करिब–करिब पूरा गरिसकेको जानकारी दिए । नेपाल सरकारले प्रक्षेपण गरे बमोजिम आगामी केही वर्ष दिगो रुपमा उच्च आर्थिक बृद्धि हासिल गरी सोको लाभ सन्तुलित रुपमा सबै तह र तप्कामा न्यायोचित वितरण गर्न सकिनेमा विश्वस्त हुन आग्रह गरेका थिए ।

उनले संघीय संरचना अनुरुप स्थानीय तह, प्रदेश र संघीय सरकारले ईमान्दारीपूर्वक आर्थिक र सामाजिक विकासमा ध्यान केन्द्रित गर्न सकेमा नेपाल कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने खाका प्रस्तुत गरे । साथै, सो अभियानमा ठूलो आर्थिक तथा प्राविधिक साधन र श्रोतको आवश्यकता पर्ने भन्दै अर्थमन्त्री खतिवडाले यस अवधिभर स्तरोन्नति भएपछि पनि केही वर्षका लागि सहुलियत दरमा विश्व बैंक लगायतका अन्य विकास साझेदार मुलुक तथा संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा पनि व्यक्त गरे ।

भेटका अवसरमा अर्थ मन्त्रालयका अन्र्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल, आर्थिक सल्लाहकार डा. रामशरण खरेल र विश्व बैंक नेपाल तथा आर्थिक वित्त निगम नेपालका प्रमुख लगायत विश्व बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.