माछापुच्छ्रे बैंकद्वारा मोरङ्गको विद्यालयलाई १० थान पङ्खा हस्तान्तरण

  २०७६ असार १२ गते १८:०४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले मोरङ्गको श्री खण्ड माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा वडा नं. ६ मा रहेको सो विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेको छ ।

विराटचोकस्थित बैंकका शाखा कार्यालय प्रमुख रमेश अधिकारीले उक्त  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद आचार्यलाई उक्त १० थान सिलिङ्ग पङ्खाहरु हस्तान्तरण गरेका हुन् ।

तराईका जिल्लाहरुमा अत्याधिक गर्मीका कारण सरकारी विद्यालयहरुमा विद्याथीहरुको कम उपस्थिती देखिएने गरेकोले विद्यार्थीहरुको पढाईमा बाधा नपुगोस भन्ने उद्धेश्यले माछापुच्छ्रे बैंक लिमिटेडले उक्त पङ्खाहरु प्रदान गरेको हो ।

माछापुच्छ्रे बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १ सय १५वटा शाखाहरु र १ सय १२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२७ स्थानवाट ६ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १३७ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.