सिन्धु विकास बैंकको दुई शाखा चितवन र पर्सामा

  २०७६ असार १२ गते १७:०३     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले चितवन जिल्लाको टाँडी र पर्सा बजारमा बैंकको शाखा स्थापना गरेको छ । टाँडी शाखा चितवन जिल्ला, रत्ननगर नगरपालिकाका मेयर नारायण वनले उद्घाटन गरेका हुन् भने पर्सा शाखा खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद सापकोटा उद्घाटन गरेका थिए ।

सो अवसरमा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमको बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो । बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको अन्य स्थानहरुमा र मकवानपुर जिल्लाको विभिन्न स्थानमाहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ ।

०६७ साल भाद्र २२ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती र हाल टाँडी र पर्सा गरी कुल १६ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल १८ स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.