एसईईको नतिजा सार्वजनिक, १७ हजार ५ सय ८० ले ल्याए ‘ए प्लस’

  २०७६ असार १२ गते १६:३८     विकासन्युज

काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले एसईई २०७५ सालको नतिजा सार्वनजिक गरेको छ।

नतिजा अनुसार जिपीए ३ दशमलब ६० देखि ४ सम्म प्राप्त गर्ने विद्यार्थीको संख्या १७५८०, यस्तै ३ दशमलब २० देखि ३ दशमलब ६ शुन्य जिपीए ल्याउने विद्यार्थीको संख्या ५११३७, यस्तै २ दशमलब ८० देखी ३ दशमलब २० जिपिए ल्याउने विद्यार्थी संख्या ६३७४१, २ दशमलब ४० देखी २ दशमलब ८० जिपिए ल्याउने विद्यार्थी सख्या ७६५६४, २ दशमलब शुन्य देखी २ दशमलब ४० जिपिए ल्याउने विद्यार्थी संख्या ९८२०७, १ दशमलब ६० देखी २ दशमलब जिपिए ल्याउने विद्यार्थी संख्या ९५३०७, १ दशमलब २५ देखी १ दशमलब ६० ल्याउने विद्यार्थी संख्या ४३८४१ र ० दशमलब ८० देखी १ दशमलब २० ल्याउने विद्यार्थी संख्या ४४२९ रहेको छ ।

चैत १० गतेदेखी संन्चालित परिक्षामा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । नियमहरु उल्लङघन गरेको कारण ५० जना परिक्षार्थीको परिक्षा रद्द गरिएको छ ।

सी, डी प्लस, डी र ई ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सी वा सो भन्दा त्ल्लो ग्रेड प्राप्त गरेको छ त्यस्ता विषय मध्ये विद्यार्थीले चाहेका दुई विषय सम्ममा ग्रेड बृद्धि परीक्षा दिन पाउने ब्यवस्था रहेको छ ।

एसएलसीको ८२ बर्षको लामो ईतिहास पछि २०७३ साल पछि कक्षा १० सम्मलाई सेकेन्डरी एजुकेशन इक्जामिनेशनमा रुपानतरण गरी एसईई बनाईएको हो।

कसरी हेर्ने नतिजा

नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताले एसईई नतिजा हेर्नको लागि SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा SMS पठाएर नतिजा हेर्न सक्छन् । यसका साथै परिक्षार्थिले  www.seemerostudy.com मा नतिजा हेर्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.