मार्जिन कारोबार गर्न नेप्सेबाट ८ ब्रोकरले प्राप्त गरे लाईसेन्स

  २०७६ असार १२ गते १६:२६     विकासन्युज

काठमाडौ । नेपाल स्टक एक्सचेञ्जबाट ८ ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्न बिहिबारे लाईसेन्स प्राप्त गरेका छन् । नेपाल धितोपत्र बोर्डले गत २०७४ साल कात्तिक २० गते जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन २०७४ को कार्यविधि अनुसार ब्रोकरलाई लाईसेन्स दिईएको हो ।

मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी तथा विश्वसनीय बनाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अनुगमन तथा सुपरिवेक्षण गर्ने जनाएको छ । शंकरदेव कलेज नजिकै रहेको प्राइमो सेक्युरिटिज प्रालिका मेघनाथ उपाध्यायले मार्जिन कारोबारको अनुमति लिंदै गर्दा अहिले नभई भविष्यमा नतिजा देखिने बताए । उपाध्यायले भने-‘हामीले अहिले लाईसेन्स मात्र दिएका हौं, भोलिका दिनमा यसको सकारात्मक पर्दै गएमा खुशी हुन्छौँ ।’ उनले हाल आफुहरुमा ठूलो उत्साह नछाएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्जका प्रमुख चन्द्रसिँह साउदले कामको थालनी गर्दादेखी नै सफल नहुने भनेपनि निकै उतरचढावको बीचमा आजको दिनमा आई पुगेको र आर्थिक क्षेत्र सुधारमा लागिरहेको बताए । कार्यक्रममा स्टक ब्रोकर एशोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले भने–‘लाईसेन्स अनुमतिको काम सकियो, अब बाँकी काम हुनेछ, हामी कुर्ने पक्षमा छैनौँ ।’

मार्जिन कारोवार सेवा प्रदान गर्न अनुमति प्राप्त गरेका ८ ब्रोकर कम्पनी
१. क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालि
२. भिजन सेक्यूरिटिज प्रालि
३. नेपाल स्टक हाउस
४. सेक्युर्ड सेक्युरिटिज लिमिटेड
५. श्री कृष्ण सेक्युरिटिज लिमिटेड
६. प्राइमो सेक्यूरिटिज प्रालि
७. कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि
८. दिपशिखा धितोपत्र कारोवार कम्पनी प्रालि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.