असार २७ गतेसम्म मर्जरका लागि पार्टनर खोज्न बैंकहरुलाई गभर्नरको अल्टिमेटम, नत्र ‘फोर्स’ गरिने

  २०७६ असार १२ गते १४:१२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई २७ गते अघि नै मर्जरको लागि तयारी गर्न निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतलाई होटल याक एण्ड यतिमा बोलाएर राष्ट्र बैंकले २७ गते मौद्रिक नीति आउने भन्दै सो दिनसम्म मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएको हो ।

अध्यक्ष तथा सीईओहरु सम्मिलित बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बैंकहरु मर्जरमा जानैपर्नेगरी राष्ट्र बैंकको नीति आउने बताउँदै सो समयभित्र कुन संस्थासँग कसरी मर्जरमा जान सकिन्छ, एकआपसमा छलफल गरेर तयारी अवस्थामा रहन निर्देशन दिएका हुन ।

उनले सो समयसम्म स्वेच्छिक रुपमा मर्जरका लागि तयारी नगरे बैंकहरुलाई फोर्स गरेरै भएपनि मर्जरमा लैजाने स्पष्ट संकेत समेत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.