नेप्सेले भन्यो-३१ कम्पनी मार्जिन ट्रेडिङ गर्न योग्य

  २०७६ असार १२ गते १३:२३     विकासन्युज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य बैंक तथा वित्तीय संस्थाको सूचीमा ३१ वटा कम्पनी योग्य ठहरिएका छन् ।

बजारमा सूचीकृत २१३ कम्पनीमध्ये ३१ कम्पनीका सेयर मात्रै मार्जिन कारोबारका लागि योग्य देखिएका हुन् । सोमध्ये ११ ओटा वाणिज्य बैंक, ६ ओटा विकास बैंक, ९ ओटा लघुवित्त संस्था, ३ हाइड्रोपावर, ओरेन्टल होटल र नेपाल टेलिकमका सेयरमात्रै कारोबारका लागि योग्य देखिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

बाँकी १८२ कम्पनीका सेयरहरु भने यसका लागि अयोग्य देखिएका छन् । जीवनबीमा, निर्जीवन बीमा र फाइनान्स कम्पनी अन्तर्गत भने कुनैपनि सेयरको मार्जिन कारोबार गर्न सक्ने अवस्थामा छैनन् ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य बैंक तथा वित्तीय संस्थाको सूचीमा नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक तथा एनएमबि बैंकका सेयरहरु मार्जिन कारोबारका लागि अयोग्य देखिएका छन् ।

पुस महिनाभित्र साधारणसभा गरी दुई वर्षसम्म कम्तीमा १० प्रतिशत लाभांश दिएको कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था अनुरुप त्यस्तो गरिएको हो ।

११ ब्रोकर कम्पनीले बिहीबार मार्जिन ट्रेडिङको लाइसेन्स पाउने(सूचिसहित)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.