राष्ट्र बैंक छलफलमा जुट्यो, बिग मर्जरलाई फोर्स मर्जरमा लैजान दवाव

  २०७६ असार १२ गते १२:५६     विकासन्युज

काठमाडौं । बिग मर्जरलाई फोर्स मर्जरमा लैजान दवाव दिने योजना सहित राष्ट्र बैंक छलफलमा जुटेको छ । आज बिहान ११ बजेदेखि  गभर्नर, डेपुटी गभर्नर, विभिन्न विभागीय प्रमुख र २८ वटै वाणिज्य बैंकका अध्यक्ष र सीइओहरुबीच छलफल भइरहेको छ ।

आज विभिन्न चरणमा हुने छलफलमा आगामी आवको मौद्रिक नीतिले लिने नीतिका विषयमा छलफल गर्न बोलाएको बैठकमा राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई फोर्स मर्जरमा जान प्रेरिण गर्नेछ ।

छलफलमा राष्ट्र बैंककातर्फकाट बजेटले वित्तीय क्षेत्रमा गरेको व्यवस्थाका विषयमा औपचारिक जानकारी गराउने जनाइएको छ ।
सोही विषयमा छलफल गर्न आजै दिउँसो विकास बैंक र बेलुका फाइनान्स कम्पनीसँग बैठक बस्दैछ ।

मौद्रिक नीतिको तयारी गर्दै गर्दा राष्ट्र बैंकले सरोकारवालाहरूसँग सरकारले गरेको व्यवस्थाको विषयमा छलफल गर्ने तयारीका साथ बैठक बोलाएको हो । ‘बैठकको मुख्य एजेण्डा बजेटले व्यवस्था गरेका विषयमा छलफल गर्ने भनिएपनि बिग मर्जरले प्राथमिकता पाउने छ’-राष्ट्र बैंक श्रोतले भन्यो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.