भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन कुनै समस्या छैनः दीपकराज जोशी

  २०७६ असार १२ गते १३:०३     विकासन्युज

सरकार यति बेला भ्रमण वर्ष २०२० को तयारीमा जुटेको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले यो कार्यक्रम अघि बढाएको हो । भ्रमण वर्षको पूर्वसन्ध्यामा यसैको सेरोफेरोमा रहेरबोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीसँग गरिएको विकास वहस:

भिजिट नेपाल २०२० को सन्दर्भ चलिरहेको छ । यसको तयारी कहाँ पुग्यो त ?
भ्रमण वर्ष २०२० सुरुवात हुुन करिब ६ महिनामात्र बाँकी छ । यसबीचमा हामीले पर्यटन प्रवद्र्धनका कामहरू गरेका छौं । विगत सात आठ महिनामा हामीले पर्यटन आगमन हुने विभिन्न स्रोतहरू(स्थान)मा ट्राभल फेयरको लन्च गर्याँै । गत नोभेम्बरमा लण्डनमा विश्वको ट्राभल कम्यूनिटीमाझ पनि यस्तै कार्यक्रम आयोजना गरेका छौं । यस्तै, मार्चमा आईटीभी भन्ने बर्लिनको संसारकै सबै भन्दा ठूलो पर्यटकीयमा कार्याक्रम गर्यौँ । हामीले नेपालमा पनि पर्यटन गतिविधि सम्बन्धि विभिन्न स्थानमा कार्यक्रम गरेका छौं । अन्तर्राष्ट्रिय पर्यटकीय बजारसँगै नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ र आगामी दिनमा पनि यसले निरन्तरता पाउने छ ।

भ्रमण वर्ष २०२० को मुख्य उद्देश्य नेपाललाई पर्यटक गन्तव्यको रुपमा विश्व सामु चिनाउने हो । यहाँ शाहसिक गतिविधि गर्न पाइन्छ भन्ने धारणा पनि अघि सारिएको छ । यसका साथै वन्यजन्तु, संस्कृति, पर्वहरूमा पनि पर्यटकीय सम्भावनाहरू लुकेका छन् । सोही प्रचारका लागि हामीले ‘भिजिट नेपाल ट्वान्टी ट्वान्टी लाईफ टाईम एक्सपेसेन्सेस’ भन्ने हिसाबले कार्यक्रम बनाएका छौं । कुनैपनि गतिविधि गर्दा जीवनमा पहिलो पटक गर्न लागेको हो भन्ने हिसाबले हामीले काम गर्न लागेका हौं । संसारकै सबैभन्दा धरै विविधता भएको देशमध्ये नेपाल पनि एक हो । अहिलेको विश्व आफूले जीवनमा नभोगेका नौला अनुभव लिने चाहनामा छ र त्यो नेपालमा सम्भवपनि छ । लोन्ली प्लेनेट(प्लानेट) पर्यटनमा निकै प्रसिद्ध सञ्चार माध्यम हो ।

हामीले सोही मार्फत विभिन्न जानकारीहरु सार्वजनिक गर्ने प्रयत्न पनि गर्दै आएका छौ । साथै, आन्तिरिक पर्यटनपनि राम्रो छ । १० हजार जनशक्तिलाई तालिम लिने हाम्रो लक्ष्य रहेको छ । सोही अनुसार काम पनि हुँदै आएको छ । यस्तै, २ सय भन्दा बढी मिडिया र ब्लगर्सलाई हामीले नेपाल बोलाएका छौं । ठूला–ठूला मेगा इभेन्टेकोपनि तयारी हँुदैछ । हाल हामीले ६ वटा कार्यक्रमको तयारी गरेका छौ । संसारभरी नेपालमा भएका ट्रेकिङ ट्रेल(पदमार्ग) प्रवद्र्धनको काम भइरहेको छ । अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसारदेखि नेपालमा पनि जनचेतना बढाउने काम भइरहेका छ ।

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने तयारी कस्तो छ ?
पर्यटन भित्र्याउने हामीसँग २ वटा आधारहरु छन् । अहिले हामीमा पूर्वाधारको कमी छ । यसको असर पर्यटक आगमनमा परिरहेको छ । तत्काल देखिएको समस्या भनेको विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्नु हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले धावनमार्ग(रनवे) स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।

जुनमा नै यो काम सकिदैछ । त्यसपश्चात एयरपोर्ट २१ घण्टा खुल्छ । हाल दैनिक १० घण्टा बन्द भइरहेको अवस्था छ । त्यसपछि उडान बढाउन सकिन्छ । निर्माणाधीन विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्दा यसको असर पर्यटन आगमनमा परेको छ । २०१९ को अन्तमा लुम्बिनीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भन्ने हामीले सोचेका छाँै । पहिलेका वर्षमा पर्यटन क्षेत्रलाई वर्षभरिनै नभई सिजन कामका रुपमा लिने गरिन्थ्यो । अगष्ट, सेक्टेम्बर, अक्टोवरलाई मात्र पर्यटकीय सिजन र बाँकी नो सिजन र लो सिजनका रुपमा काम हुँदै आएको थियो ।

अब हामीले हरेक सिजनमा पर्यटन भित्र्याउन त्यही अनुसारको प्रवद्र्धनात्मक काम गर्ने लक्ष्य राखेका छौं । भारतमा गर्मी विशेष, जाडोमा चीन विशेष कार्यक्रमका लाग क्याम्पेन गर्दै आएका छौँ । पछिल्लो ४-५ वर्षमा २५ प्रतिशतको मात्र पर्यटक वृद्धी छ । यसमा केही कारण छन् । जेट एयरवेज छुट्नु र आन्दोलनका कारण भएका केही डिस्टर्भले यस्तो गराएको हो । नेपाल सरकारले केही नयाँ एयरलायन्सलाई अनुमति दिइसकेको अवस्था छ । २०१९ मा ३१ प्रतिशत र २०२० मा यस्तै वृद्धी भएमा लक्ष्य प्राप्त गर्न कठिन पर्दैन ।

अन्य पूर्वाधार जस्तै पर्यटक बस्नको लागि प्रर्याप्त होटल छ त ?
हाम्रो ठूलो समस्या भनेको यातायात हो । यसले पर्यटन आगमनमा ठूलो प्रभाव पारेको छ । यहाँ यातायातका गुणस्तरदेखि सेवामा समस्या छ । हामीसँग अहिले होटलको समस्या छैन । २० लाख पर्यटक हामीले राख्न सक्छौँ । कही कतै तालिम दिन आवश्यक छ । नेपाल भित्र्नै र भित्रैपछि पनि यातायात नै मुख्य समस्या हो ।

पर्यटन आगमनको अबको लक्ष्य संख्यात्मक वृद्धि हो कि गुणात्मक ?
यसमा लामो विवाद चल्दै आएको स्थिति छ । हामीले संख्या र गुणस्तर दुबैमा ध्यान दिदैं आएका छौँ । अब हामीे महङ्गा पर्यटकलाई प्राथमिकता दिने सोचका साथ अघि बढेका छौं । पर्यटन क्षेत्रको राम्रो कुरा भनेको यस क्षेत्रमा लागेको छोटो समय अवधिमा कुनै व्यक्ति उद्यमी हुन सक्छन् । यस्तै, नराम्रो पक्ष भनेको तालिम नलिई, अर्कोको देखासिकीमा उद्योग खोल्ने परिपाटी छ । अर्काको भन्दा सस्तोमा पर्यटक बोलाउने प्रवृतिले भोलिका दिनमा ठूलै असर पर्न सक्ने सम्भावनापनि प्रवल छ । यस्ता कार्यले गन्तव्य नै समाप्तपनि हुन सक्छ । पोखरा, काठमाडौंमा सचेतना कार्यक्रम हुँदै आएका छन् ।

सन् २०११ को भ्रमण वर्षमा नेपाल आउने ४० प्रतिशत पर्यटक गाउँ पुर्याउने अभियान थियो । अहिलेपनि यस्तो अभियान केही छ कि ?
अहिले यतिलाई यहाँ, यतिलाई यहाँ राख्ने भन्ने केही छैन । यो विषय पर्यटकको मनस्थितिमा भर पर्ने विषय हो । त्यो किसिमको नीति तथा कार्यक्रम तय हुनुभन्दा पनि पर्यटक जहाँ मन लाग्यो त्यही बस्ने पूर्वाधार तय गर्नु हाम्रो प्राथमिकता हो । हामीले पर्यटकलाई आकर्षित गर्ने हो । यसका लागि हामीले आवश्यक पूर्वाधारको तयारी गर्नु जरुरी छ । पछिल्ला दिनमा नयाँ गन्तव्यहरुपनि थपिएका छन् । पश्चिममा बर्दियादेखि पूर्वमा ईलामसम्म गन्तव्यमा हो ।

बजेट तयारी कस्तो हुँदैछ ?
नीति तथा खाँका तयार भई सकेको अवस्था छ । साउन १ गतेबाट लागू हुने बजेट तयारी पार्ने काममा बोर्ड लागि परेको छ । बजेट नेपालको पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने किसिमको छ । युरोपलगायतका महादेशमा पर्यटन प्रवद्र्धनका कामहरू भइरहेका छन् । लुम्बिनीमा एयरपोर्ट बनेसँगै बौद्धमार्गी पर्यटक बढ्ने छन् । यसका लागि हामीले भियतनाम, म्यानमार, जापान, कोरियालगायतका ठाउँमा व्यापक प्रचार प्रसार गर्ने किमिसले तयारी गरिरहेका छौँ ।

भारत र चीन विश्वमा उदयमान राष्ट्रका रुपमा आएका छन् । हामीले सो देशहरुमा विशेष प्राथमिकताका विभिन्न पर्यटकीय गतिविधिको काम गर्ने लक्ष्य लिएका छौं । यसका लागि हामीलाई मास मिडिया क्यापेनहरूको आवश्यक पर्छ । यो काममापनि पर्यटन बोर्ड लागि परेको छ । प्रचार प्रसारका कामहरू भइरहेका छन् । अझै हुनेपनि छ ।

भ्रमण वर्षको अन्तर्राष्ट्रिय प्रचारका लागि बीबीसी, सीएनएनजस्ता विश्व व्यापी मिडियाको लागि पनि बजेट छुट्टाउनु भएको होला नि ?
विगतमा जस्तै हामीले यस वर्षपनि बजेट छुट्याएका छौं । डिजिटल मिडियामा जानु पर्ने कुरा एउटा पक्षको छ । तर, अर्को पक्षले लामो समयदेखि काम गरेको मिडियाको ठूलो भूमिका भएकाले निरन्तरता पाउनु पर्ने कुरा आएको छ । हामी दुबैपक्षलाई समेटेर अघि बढ्ने तयारीमा छौं ।

देश संघीय संरचनामा गइसकेको अवस्था छ, पर्यटन बोर्ड प्रदेश स्तरमा राख्ने कुरा के भइरहेको छ नि ?
हामीले यसवर्ष अध्ययन गर्ने भनेका छाँै । प्रदेश स्तरमा पर्यटन बोर्ड राख्ने विषयमा संवाद भइरहेको छ । तर, निर्णय भने भएकोे छैन । यस वर्ष हामीले प्रदेश अनुसारको पर्यटकीय विशेष गन्तव्य बनाउन बजेट छुट्याएका छौं । यद्यपी सबै प्रदेशको नाम आउन सकेको छैन । हाल गण्डकी र कर्णालीका लागि केही गृहकार्य भएको छ ।

सबै काम आफैँ गर्दा बेरुजु फछ्र्यौटका विषयमा पछाडि पर्नु भएको त ?
नेतृत्वको अभाव, अख्तियारको छानविन र आन्दोलनले यस्तो बेरुजु देखिएको हो । विगत चार वर्षदेखि बोर्डले लेखा परीक्षण गराउन सकेको थिएन । तीन आर्थिक वर्षको लेखा परीक्षण सम्पन्न भइसकेको छ । गत आवको लेखा परीक्षण पनि हुने क्रममा रहेको छ । टेक्निकल समस्याका कारण केही ढिला भएको छ ।

बेरुजु कति छ त ?
महालेखाले केही भौचर हराएको भनेको छ । करिब १२ करोड रुपैयाँ जतिको भौचर देखिएको छैन । यो समस्या पनि छिट्टै टुङ्ग्याउने प्रयासमा बोर्ड छ ।

बेरुजुले त अनियमिततालाई झल्काउँछ नि ? निजी क्षेत्रबाट खोलिएका संघसंस्थासँग यस्तो बेरुजु रह्नु राम्रो हो र ?
टानसँग पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्डको केसमा मात्रै यस्तो भएको हो । कति पैसा संकलन भएको छ यसको विषयमा प्रतिवेदनले बोल्ने नै छ । पहिले ५० करोेड संकलन भएको जस्तो लाग्छ ।

पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्डको विवाद के भइरहेको छ नि ?
यो विवाद यथावत नै छ । सो विवाद समाधान गर्न कार्यकारी समितिका सदस्यको संयोजकत्वमा समिति गठन भएको थियो । १० महिनामा उहाँको कार्यकाल सकियो । हाल पर्यटन विभागको महानिर्देशकको संयोजकत्वमा फेरि समिति गठन गरेका छौँ । उहाँहरूले यस विषयमा काम गरिरहनु भएको छ ।

अहिलेसम्म प्रतिवेदन आएको छैन ?
छैन, आउने क्रममा छ । ठ्याक्कै समय तोक्न सकिदैन । यद्यपी टान पदाधिकारी र हाम्रा साथीहरु मिलेर यस विषयमा थप काम गरिरह्नु भएको छ । मोटामोटी एक महिना भित्रमा प्रतिवेदन आउन सक्छ ।

पर्यटन बोर्डको आय स्रोत बलियो बनाउने अन्य आधार केही तय गर्नु भएको छ कि पर्यटन शुल्कमात्रै हो ?
हामीले प्रति पर्यटन एक हजारका दरले सेवा शुल्क उठाउँदै आएका छौँ । सो अन्तर्राष्ट्रिय विमान स्थलबाट आउनेका लागिमात्र हो । तर, बाईलाइन पर्यटकका लागि अहिलेसम्म शुल्क तोकिएको छैन । बोर्डको आय स्रोतलाई दीगो र बलियो बनाउन हामीले खप्तडमा अकोमोडेसनको लागि यो वर्ष काम गर्दैछांै । खप्तडमा अकोमोडेसनको काम सम्पन्न भएपछि केही स्रोत बढ्छ । यस स्थानमा निजी क्षेत्रले प्रवेश गरेकापनि छैनन् । स्थानीय तहले लाभ पाउन भन्ने हिसाबले यो अवधारणा ल्याइएको हो ।

बोर्डले वार्षिक कार्यक्रमनै बनाएर पर्यटन व्यवसायमा संलग्न संघ संस्थालाई पैसा बाड्दै आएको छ । बोर्डको काम निजी क्षेत्रका यस्ता संघ संस्थालाई पैसा बाड्नेमात्रै हो ?
कतिपय अवस्थामा तपाईँले भने जस्तै हो । सधै त्यस्तोे हुँदैन । नेपाल पर्यटन बोर्डको स्थापना नै पब्लिक, प्राईभेट पार्टनरशीपमा भएकाले यस्तो काम आवश्यक छ । हान, नाटा, पाटालगायका पर्यटकीय गतिविधि गर्ने संघ/संस्थासँग सहकार्य गर्न आवश्यकपनि हुन्छ । तर, कहिले काहिँ छरिने पैसाको भने व्यवस्थापन गर्न आवश्यक छ ।

भ्रमण वर्षको संयोजन कार्य बोर्डले लिनुपर्नेमा निजी क्षेत्रलाई जिम्मेवारी दिइएको छ । बोर्डले गर्नुपर्ने संयोजन कार्य अर्कैले गर्नुको कारण के हो ?
हामीले सहज हुने हिसाबले काम गरेका हौँ । हामीलाई हरेक साल हरेक वर्ष पर्यटन वर्ष नै हो । तर, मूल आयोजक समिति राख्नुको मुख्य उद्देश्य चाहिँ उहाँहरूले पुर्याउने योगदान समेत वृद्धी होस भन्ने हो । हामीलाई भ्रमण वर्ष सफलतापूर्वक सफल पार्नुछ । पर्यटन प्रर्वद्धनका लागि आवश्यक कदम चाल्नु आजको आवश्यकता पनि हो । विभिन्न निकायमा सहकार्य गरेर कार्यक्रम ल्याउन पर्ने हुन्छ । सबै काममा सचिवालयले सहकार्य गर्छ । यो सबैको उद्देश्य हामीले राम्रो गरौं भन्नै नै हो ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न बोर्डबाट कुनै पहल भएको छ ?
पछिल्लो वर्ष अन्तरिक पर्यटनको पनि घुमफिर बढेको छ । रारामा ३० हजार मानिस पुग्नु भएको छ । पहिले मुस्किले हजार मात्र पुग्नु हुन्थ्यो । हामीले पहिले देश अनि विदेश भनेर काम गर्दै आएका छौँ । कैलाली, बर्दिया, म्याग्दी जस्तो स्थानमा आन्तरिक पर्यन प्रवद्र्धनका कार्यक्रमहरू आयोजना भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.