डोल्पामा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

  २०७६ असार १२ गते १०:४९     विकासन्युज

काठमाडौं । दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । एक महिनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ ।

अहिले खराब भएको ठाउँमा मर्मतका लागि कर्मचारी खटाइएको छ । सदरुमकाम दुनैबाट धेरै टाढा भएका कारण मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । अहिले फोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ ।

जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन् । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.