सव-स्टेशन निर्माणका लागि १७९ कित्ता जग्गा अधिग्रहण, मुआब्जा प्रतिरोपनी ५ लाख ५० हजार

  २०७६ असार १२ गते १०:४०     विकासन्युज


काठमाडौँ । राष्ट्रिय प्रशारण ग्रीड कम्पनी लिमिटेडले जाजरकोट जिल्ला स्थित नलगाड सव-स्टेशन निर्माणका लागि १७९ कित्ता जग्गा अधिग्रहण गर्ने भएको छ । नलगाड नगरपालिका ७(साविक खगेनकोट–३) दानापिपलमा नलगाड सव स्टेशन निर्माणका लागि आवश्यक जग्गा, जग्गामा रहेको बाली, घर तथा अन्य संरचनाहरु समेत जे जस्तो अवस्थामा छ, सोही अवस्थामा स्थायी रुपले अधिग्रहण गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटले जग्गा प्राप्ती ऐन २०३४ को दफा ९, १० र ११ बमोजिम बिहीबार सूचना प्रकाशित गरी १५ दिन भित्र मुआब्जा बुझ्नका लागि निवेदन दिन आह्वान गरेको छ । प्रशासन कार्यालयले जग्गाहरुको मुआब्जाका लागि प्रति रोपनी २ थरीका मूल्य निर्धारण गरेको छ । प्रति रोपनी ४ लाख ७५ हजार र ५ लाख ५० हजार मूल्य निर्धारण गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

संखुवासभामा ५७ कित्ता अधिग्रहण गरिंदै
यता, संखुवासभा जिल्ला स्थित अपर अरुण हब सवस्टेशन निर्माणका लागि ५७ कित्ता जग्गा अधिग्रहण गरिने भएको छ । साविक पावाखोला–४ हाल मकालु गाउँ पालिका वडा नम्बर ४ हाइटारका ५७ कित्ता जग्गाको मुआब्जाका लागि १५ दिन भित्र निवेदन दिन जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.