ग्लोबल आइएमई र आईएफसीबीच ऋण सम्झौता आदान-प्रदान

  २०७६ असार ११ गते १९:३१     विकासन्युज


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच बुधबार ऋणको लागि सम्झौता आदान–प्रदान भएको छ ।

ग्लोबल आइएमई बैकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र इन्टरनेशनल फाइनान्स कर्पोरेशनका आवासीय प्रतिनिधि तथा नेपाल प्रमुख एम रेहन रशिदले बुधबार बैंकमा आयोजित एक समारोहकाबीच सम्झौता आदानप्रदान भएको हो ।

सम्झौताअनुसार, नेपाल राष्ट्र बैंकबाट स्वीकृती पश्चात ग्लोबल आइएमई बैंकले दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब बीस करोड नेपाली रुपैयाँ) ऋण लिई विभिन्न क्षेत्रहरुमा ऋण लगानी गर्नेछ ।

यो सम्झौताले हाल बैंकिङ्ग क्षेत्रमा देखिएको लगानीयोग्य पूजिँको अभावलाई केही हदसम्म कम गर्ने विश्वास बैंकले लिएको छ ।आईएफसीबाट ल्याइने ऋणलाई विशेष गरी साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा ऋण लगानी गर्ने बैंकको योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.