बिग मर्जरलाई सहयोग गर्नुस् भन्न राष्ट्र बैंकले बोलायो बैठक

  २०७६ असार ११ गते १९:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका प्रमुखलाई बैठकमा बोलाएको छ । बैंकले आगामी आवका लागि बजेटले गरेको व्यवस्था कार्यान्वयन गर्ने विषयमा औपचारिक रुपमा जानकारी गराउन राष्ट्र बैंकले बैठक बोलाएको हो ।

सरकारले मंगलबार आगामी आवको बजेट पारित गरेकाले यसको विषयमा जानकारी दिन बैठक बोलाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताए । राष्ट्र बैंकले वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्न लागिएको हो, उनले भने- मर्जरलाई निरन्तरता दिँदै बिग मर्जरलाई प्रोत्साहन गर्ने विषयमा पनि सरोकारवालाहरूलाई अवगत गराइने छ ।

‘वित्तीय क्षेत्रमा सुशासन र स्थायित्व कायम गर्दै वित्तीय पहुँच अभिवृद्धि गरिनेछ । वित्तीय साधन उत्पादनमुखी बनाइनेछ । बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने नीतिलाई निरन्तरता दिँदै ठूला बैंक तथा वित्ती संस्थाहरु समेत एक आपसमा गाभ्न प्रोत्साहित गरिने बजेटमा उल्लेख गरिएको छ ।

बैठकमा बजेट वक्तव्यको २३७ र ३१२ का बिषयमा छलफल हुनेछ । बजेटको बुँदा नम्बर ३१२ मा बैंक तथा वित्तीय संस्था मर्जरमा कर छुट तथा सुविधाको प्रयोजनका लागि आयकर ऐन, २०५८ मा तोकिएको अवधि एक वर्षको लागि थप गरिएको छ । होटल याक एण्ड यति होटलमा बिहान ११ बजेदेखि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरूसँग फरक फरक समयमा राष्ट्र बैंकले छलफल गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.