कृषि विकास बैंकले कर्जाको ब्याजदर घटायो, अब कति ?

  २०७६ असार ११ गते १६:४०     विकासन्युज


काठमाडौँ । कृषि विकास बैंक लि.ले लिंदै आएको कर्जाको ब्याजदर घटाएको छ । बैंक सञ्चालक समितिको असार ४ गते सम्पन्न बैठकले असार ५ गतेदेखि लागु हुने गरी ब्याजदरमा १ प्रतिशत घटाउने निर्णय गरेको प्रवक्ता तथा सूचना अधिकारी हिमलाल पौडेलले बताए ।

बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी कर्जाको ब्याजदर घटाइएको बैंकले जनाएको छ । यता, निक्षेपको ब्याजदरमा निक्षेपकर्ताहरु लाभान्वित हुने गरी साविकको ब्याजदरमा १ प्रतिशत थप हुने गरी बृद्धि गरेको प्रवक्ता पौडेलले जनाएका छन् ।

बैंकले निक्षेपमा ६.५० प्रतिशतदेखि ९.२५ प्रतिशतसम्म ब्याज दिँदै आएको र कर्जामा न्यूनतम १०.७६ प्रतिशतदेखि अधिकतम १७.७६ प्रतिशतसम्म ब्याज लिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.