नेपाल महिला चेम्बरको सफल उद्यमी सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रम

  २०७६ असार ११ गते १५:३७     विकासन्युज


काठमाडौं । नेपाल महिला चेम्बरले सफल उद्यमीको सिर्जना बिषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम मंगलवार जमल स्थित नाचघरमा आयोजनामा आएको हो । उक्त अन्तर्क्रिया कार्यक्रममा उद्यशीलता विज्ञ तथा उत्प्रेरक आशुतोष तिवारीले सफल उद्यमी बन्न अपनाउनु पर्ने सावधानी, अबलम्बन गर्नुपर्ने उपाय लगायतका बिषयमा प्रस्तुती दिनुका साथै सहभागीहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए ।

प्रस्तुती एवम् सवाल जवाफका क्रममा उत्प्रेरक तिवारीले सफल ब्यवसायी बन्न धैर्यता, आत्मविश्वास, सहकार्यको भावना, उधमी र कामदार बिच समधुर सम्बन्ध, सेयरधनीबीच समझदारी, परिकल्पनाकार उद्यमीप्रति सम्मान, निर्यातमुखी सोच र उधम आवश्यक रहने कुरा प्रति जोड दिएका थिए ।

त्यसो त कार्यक्रममा सुशिला आर्ट एकेडेमीले सान्स्कृतिक प्रस्तुती प्रस्तुत गरेको थियो । कार्यक्रमको अन्त्यमा मन्तब्य धारणा राख्दै नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सफल उद्यमी बन्न उत्प्रेरणा दिने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउँदै नेपाल महिला चेम्बर उद्यमशीलताको बिकासका निम्ती लागि पर्दै जाने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बरका पदाधिकारीहरु, नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्मा, सचिब लिमा अधिकारी एवम् पदाधिकारी, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन, महिला उद्यमी लगायत अतिथीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.