नेप्से परिसूचक ओरालो लाग्दा कारोबार रकममा भने सुधार

  २०७६ असार ११ गते १५:२८     विकासन्युज


काठमाडौँ । अघिल्लो दिन झिनो अंकले सुधार भएको नेप्से परिसूचक बुधवार पुनः ओरालो लागेको छ । साताको तेश्रो दिन मंगलबार ०.९६ अंकले बढेको नेप्से परिसूचक चौथो दिन बुधबार भने २.७८ अंकले घटेको हो । परिसूचक ०.२२ प्रतिशतले घट्दा १२५८.२९ बिन्दुमा पुगेको छ ।
अघिल्लो दिन ३६ करोडको कारोबार भएकोमा आज बढेर आधा अर्ब नाघेको छ । बुधबार १६७ कम्पनीको १४ लाख १३ हजार ३ सय ५७ कित्ता सेयर कारोबार हुँदा ५७ करोड १ लाख २३ हजार ४ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको हो ।

बजार घटेको दिन ट्रेडिङ समूह, होटल समूह, अन्य समूह र म्युचुअल फण्ड बाहेकका अन्य समूह बढेका हुन् । ट्रेडिङ २.५३, होटल ०.६, अन्य ०.४६ र म्यूचुअल फण्ड ०.६२ अंकले बढेका हुन् । त्यसैगरी बैंकिङ समूह ३.२३, विकास बैंक समूह ०.९४, जलविद्युत समूह ५.७१, वित्त समूह ०.५६, निर्जीवन बीमा समूह ४.९, उत्पादनमूलक समूह ६.१२, लघुवित्त समूह ३.८६ र जीवन बीमा समूह ११.१८ अंकले घटेृका हुन् ।

आज हिमालयन डिस्टिलरी लिमिटेडको सबैभन्दा बढी १९ करोड, ४२ लाख ७३ हजार ४ सय ३० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने दोश्रोमा नेपाल बैंक लिमिटेडको ४ करोड १९ लाख ७४ हजार ८ सय ६६ रुपैया र तेश्रोमा प्रभु बैंकको २ करोड ७१ लाख ५२ हजार ६ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।

बजार घटेको दिन नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिका सेयरधनीहरुले सबैभन्दा बढी ९.९५ प्रतिशतले नाफा कमाएका छन् भने गुराँस लघुवित्तका सेयरधनीहरुले सबैभन्दा बढी ६.३६ प्रतिशतले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.