ज्योतिलाईफका ग्राहकलाई समर अस्पताल जनकपुरमा विशेष छुट

  २०७६ असार ११ गते १०:४३     विकासन्युज


काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स र जनकपुर स्थित समर अस्पतालबीचस्वास्थ्य सेवामा साझेदारी गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा ज्योतिलाईफइन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं २ का क्षेत्रीय प्रबन्धक दिपेन्द्र यादवले आदान प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.