यी हुन् बालुवाटारकाे २९९ राेपनी जग्गा खाने ८६ परिवार, अख्तियारले बाेलायाे २ नम्बरमा

  २०७६ असार ११ गते १०:००     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोजले बालुवाटार जग्गा विवाद प्रकरणमा ८६ परिवारसँग बयान लिने भएको छ । आयोगले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी उनीहरुलाई ७ दिनभित्र अख्तियारको दुई नम्बर अनुसन्धान महाशाखामा आई बयान दिन निर्देशन दिएको छ ।

बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय काठमाडौं, डिल्लिबजारका कर्मचारीहरुसँगको मिलोमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको उजुरीको अनुसन्धानका सिलसिलामा उनीहरु माथि छानविन गर्न लागिएको अख्तियारले जनाएको छ ।

सरकारले प्रचतिल कानुन बमोजिमको मुआब्जा समेत दिई अधिग्रहण गरिलिएको साविकको हाँडीगाउँ मौजा हा.नं. ४५६ लगत भिड्ने लतिल निवास क्याप्पभित्र पर्ने काठमाडौं जग्गा गैरकानुनी रुपमा किबेच भएको विषयमा ठूलो विवाद छ ।

अख्तियारले बयानका लागि बोलाएका व्यक्तिमा चर्चित व्यवसायी मिनबहादुर गुरुङ, उनका छोरा कल्याण गुरुङ, निर्माण व्यवसायी कैलाश चन्द्र गोयल, कुमारी बैंकका पूर्व सञ्चालक शोभाकान्त ढकाल सहित छन् ।

सबैभन्दा बढी जग्गा कारोबारमा बोटुटोलका नाति मर्हजन मुछिएका छन् । विवादित अधिकांशकाे तीन पुस्ते विवरण सार्वजनिक गरिएकाे छ । बयान दिन नआए कानुन बमोजिम कारवाही गर्ने अख्तियारको भनाई छ ।

बयानका लागि बाेलाइएकाे व्यक्तिहरूकाे सूचि निम्नअनुसार रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.