सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’

  २०७६ असार १० गते १८:३९     विकासन्युज


काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्घार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’ ल्याएको छ । उक्त कर्जाको कार्यान्वयनको लागि सिद्धार्थ बैंक लिमिटेड र कलेज अफ अप्लाइड फूड एण्ड डेरी टेक्नोलोजि कलेजबीच बैंकिङ सम्झौता भएको छ ।

सम्झौता अनुसार काठमाडौं स्थित मिनभवनमा रहेको उक्त कलेजमा फूड तथा डेरी टेक्नोलोनीमा स्नातक तथा स्नातकोत्तर गर्न चाहने विद्यार्थीहरुलाई बैंकले कुनै अन्य शुल्क नलाग्ने गरी आधार दरमा २% मात्र प्रिमियम जोडी हुन आउने ब्याज दरमा शैक्षिक कर्जा प्रवाह गरिने छ ।

उक्त ब्याज दरमा नेपाल राष्ट्र बैंकद्वारा ५% सहुलियत प्रदान गरिनेछ । बैंकले उच्च शिक्षा हासिल गर्दै स्वदेश मै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा सिद्घार्थ बैंक लिमिटेडका सम्पूर्ण शाखाहरु मार्फत उपलव्ध गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.