काठमाडौंमा घर हुनेले कति तिर्नुपर्छ कर ? १ करोडको घरलाई हजारमात्रै, अर्ब भए साढे ५ लाख

  २०७६ असार १० गते १८:२२     विकासन्युज

काठमाडौं । काठमाडौंमा घर किन्ने सपना सबैको हुन्छ । एउटा घर, एउटा गाडी, छोराछोरीको राम्रो शिक्षा र विवाह नै धेरैजसो आमाबुबाको जीवनकाे मुख्य उद्देश्य पनि हुने गर्छ । कतिपयले त जीवनकाे सफलतालाई नै यही घरसँग तुलना गरेका पनि हुन्छन् । अधिकांश मान्छेको त्यही सपनाको घरलाई तपाईँको स्थानीय सरकारले कति कर लगाउँछ ?

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र घर तथा जग्गा हुनेले महानगरलाई भुक्तानी गर्नुपर्ने सम्पत्ति करको दर सार्वजनिक गरेको छ । काठमाडाैं महानगरकाे पाँचाै‌ नगरसभामा नयाँ आर्थिक वर्षकाे बजेट तथा राजश्व र आर्थिक विधेयक प्रस्तुत गर्दै महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले साे दर प्रस्ताव गरेकी हुन् । महानगर नगरसभाले उपमेयर खड्गीले प्रस्ताव गरेकाे उक्त  आर्थिक विधेयक पारित गरेपछि नयाँ आवदेखि साे दर लागु हुन्छ ।

महानगरले प्रस्ताव गरेकाे सम्पत्ति करमा सम्पत्तिकाे मूल्यअनुसार प्रगतिशील कर प्रस्ताव गरिएकाे छ । त्यस्तो मूल्य जग्गाको मूल्याङ्कन अनुसार हुने र जग्गाको मूल्याङ्कन ठाउँअनुसार फरकफरक हुने व्यवस्था काठमाडौं महानगरपालिकाले गरेको छ ।

महानगरपालिकाले काठमाडौं महानगर क्षेत्रभित्रको लोकेसन र घरले छोएको बाटो चाैडाको आधारमा जग्गाको प्रतिआना मूल्य तोकेको छ सोही दरअनुसार जग्गाको कूल मूल्याङ्कन हुनेछ । यस्तो दर महानगरले प्रतिआना अधिकतम ५० लाख रुपैंयासम्म तोकेको छ ।

त्यस्तै, घरको प्रकार र बनोटअनुसार भवनको मूल्य प्रतिवर्गफिटका आधारमा निर्धारण गरिएको छ जसको ह्रासकट्टि दर र रासकट्टि गर्ने समयसमेत महानगरपालिकाले तोकिदिएको छ । सो दरअनुसार भवनको समेत मूल्याङ्कन गरी कुल सम्पत्ति मूल्याङ्कन गरिन्छ । जग्गा र भवनको कुल सम्पत्ति समेत जोडेर कुल सम्पत्ति करको दर मूल्याङ्कन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.