पूर्वी रुकुममा अजोड इन्स्योरेन्सको शाखा बिस्तार

  २०७६ असार १० गते १७:३४     विकासन्युज


काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको पूर्वी रुकुम शाखा कार्यालय उद्घाटन भएको छ । सिस्ने गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सुधन रेग्मी र राष्ट्रिय वाणिज्य बैंक रुकुमको शाखाप्रमुख तेजप्रसाद आचार्यको विशेष आतिथ्यतामा गमलामा धान रोपेर शाखा कार्यालय उदघाट्न गरिएको हो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य अजोड इन्स्योरेन्स लि. पूर्वी रुकुम शाखा प्रमुख मुकुन्द खड्काले गरेका थिए भने कार्यक्रमको सहजीकरण दीपक पोखरेलले गरेका थिए । समापन कार्यक्रम संस्थाका मार्केटिङ्ग अधिकृत डोरिन्द्र दाहालले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको जानकारी गराए ।

यसैबीच, अजोड इन्स्योरेन्स लि.ले पूर्वी रुकुम सदरमुकाम रुकुमकोटमा असार ८, ९ र १० गते पशुपंक्षी र कृषि प्राविधिकहरुलाई ३ दिने बीमा अभिकर्ता तालिम प्रदान गरेको छ । उक्त तालिममा मुख्यप्रशिक्षक अजोड इन्स्योरेन्सका मार्केटिङ प्रमुख डोरिन्द्रराज दाहाल र प्रबन्धक दीपक पोखरेल थिए भने तालिममा सहजीकरण शाखा प्रमुख मुकुन्द खड्काले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.