बीओके क्यापिटलले शुरु गर्यो पोर्टफोलियो ब्यवस्थापन सेवा

  २०७६ असार १० गते १७:०४     विकासन्युज

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त बीओके क्यापिटल मार्केट लिमिटेडले सेवाग्राहीको लगानीलाई व्यवस्थापन गर्नको लागि पोर्टफोलियो ब्यवस्थापन(पीएमएस) सम्बन्धी कार्य शुरु गरेको छ ।

मंगलबारबाट सञ्चालन गरेको पीएमएसबाट आफूसँग भएको पूँजी लगानी गर्न पर्याप्त समय तथा पूर्ण दक्षताको कमी महशुस भएको कारण कम्पनीका दक्ष अनुभवी व्यक्तिहरुबाट सेवाग्राहीले सहजै सेवा लिन सक्ने छन् ।

लगानीकर्ताको आवश्यकतालाई मध्य नजर गरी पोर्टफोलियो व्यवस्थापन(पीएमएस) अन्तरगत स्वेच्छिक लगानी व्यवस्थापन सेवा तथा गैर स्वच्छिक लगानी व्यवस्थापन सेवा गरी २ प्रकारका सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले धितोपत्र बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार, निक्षेप सदस्य र सेयर प्रत्याभूतिकर्ताका सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.