काठमाडौँ महानगरले ल्यायो १५ अर्ब ५० करोडको बजेट, पूर्वाधार सुधारमा ७ अर्ब ४३ करोड

  २०७६ असार १० गते १५:४६     विकासन्युज

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । मंगलबार काठमाडौँ महानगरको पाँचौँ नगरसभामा  बजेट प्रस्तुत गरिएको हो ।

पूँजीगत सम्पत्ति खर्च १ अर्ब ५५ करोड ३४ लाख, तलब, पारिश्रमिक, सुबिधा खर्च १ अर्ब ४१ करोड ५ लाख, कार्यालय सञ्चालन खर्च ५९ करोड ४३ लाख ५० हजार, पूर्वाधार सुधार तथा अन्य विकास खर्च ७ अर्ब ४३ करोड, ९७ लाख ९२ हजार, नेपाल सरकार सशर्त अनुदानबाट पूँजीगत खर्च ३ अर्ब ३८ करोड ६ लाख, र जग्गा एकीकरण आयोजनाबाट १ अर्ब १२ करोड ८२ लाख ७० हजारको बजेट प्रस्तुत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.