ललितपुर महानगरले ल्यायो ५ अर्ब १७ करोडको बजेट, पूर्वाधार विकासमा २ अर्ब

  २०७६ असार १० गते १४:४८     विकासन्युज

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि ५ अर्ब १७ करोडको बजेट ल्याएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित तथा ललितपुर महानगर क्षेत्रबाट संघीय र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदहरुकाे समेत उपस्थितिमा लितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले साे आकारबाे बजेट ल्याएका हुन् ।

मेयर महर्जनले आगामी आवका लागि कुल ५ अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा २१.७४ प्रतिशत चालु खर्च, ४९.५४ प्रतिशत पुँजीगत खर्च, ८.८८ प्रतिशत सामाजिक सुरक्षा खर्च र १९.८४ प्रतिशत अन्य साझेदारी कार्यक्रममा खर्च गर्ने प्रस्ताव गरिएको छ ।

महानगरले प्रस्ताव गरेको उक्त बजेटमा आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट २ अर्ब ६५ करोड उठाउने लक्ष्य लिएको छ । त्यस्तै नेपाल सरकारबाट सशर्त र समपुरक समेत गरी प्राप्त गरेको ९८ करोड ४६ लाख रुपैंया, प्रदेश सरकारबाट प्राप्त गरेको १२ करोड ३३ लाख रुपैंयाँ, विभिन्न साझेदारी कार्यक्रमका लागि अन्य दातृ निकायहरुमार्फत् ३८ करोड ५२ लाख रुपैंया तथा अन्य ४३ अर्ब अनुदान र अघिल्लो आर्थिक वर्षको बचत रकम ६० करोड रुपैंया समेत गरी उक्त आकारको बजेटको स्रोत प्रस्ताव गरेको हो ।

महानगरले आन्तरिक स्रोतबाट संकलन गरेको रकममध्ये ७६ करोड ९६ लाख रुपैंया प्रशासनिक खर्चमा विनियोजन गरेको छ । त्यस्तै, आर्थिक विकास शीर्षकमा ६ करोड ३२ लाख, सामाजिक विकासमा १० करोड ३० लाख, पूर्वाधार विकासमा १ अर्ब ४९ करोड ९५ लाख फोहो व्यवस्थापनका १ करोढ ५ लाख, वातावरण तथा विपद व्यवस्थापनमा १५ करोड ५० लाख, संस्थागत विकासमा २ करोड २५ लाख पुँजी निर्माणमा ६ करोड १० लाख र अन्य शीर्षकमा ६ करोड ६० लाख रुपैंया विनियोजन गरेको छ ।

त्यस्तै, नेपाल सरकारबाट प्राप्त गरेको ९८ करोड ४६ लाखमध्ये सशर्त अनुदानअन्तर्गतको ४३ करोड ६० लाख शिक्षा र स्वास्थ्या क्षेत्रको तलब भत्तामा, ८ करोड ६१ लाख स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा, ४६करोड सामाजिक सुरक्षा भत्ताको लागि र २५ लाख पर्यटन संस्कृति शीर्षकमा खर्च गरेको छ ।

त्यस्तै, साझेदारी कार्यक्रमअन्तर्गत रुहेको ३८ करोड ५२ लाख रुपैंया सडक बोर्ड, वृद्धाश्रम निर्माणका लागि भारत सरकारबाट पाएको अनुदान, निजी क्षेत्र सामाजिक उत्तरदायित्व, भवन निर्माण दानेपानी परियोजनाका लागि केयुकेएलसँगको साझेदारी लगायतमा खर्च गर्ने प्रस्ताव गरिएको छ । महानगरले अघिल्ला वर्षहरुमा सुरु भएका तर सम्पन्न हुन नसकेका क्रमागत योजनाका लागि करिब ५० करोड रुपैंया समेत विनियोजन गरेको छ ।

महानगरले ल्याएको यो बजेट अघिल्लो वर्षको भन्दा करिब १२ प्रतिशत बढी हो । अघिल्लो वर्ष ललितपुरले ४ अर्ब ६० करोडको बजेट ल्याएको थियो । उक्त बजेटमध्ये जेठ मसान्तसम्म १ अर्ब ७५ करोड रुपैंयामात्रै खर्च भएको महानगरले जनाएको छ, यो करिब ३८ प्रतिशत मात्रै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.