मस्र्याङ्दी हाइड्रोको सबै सेयर किन्यो बुटवल पावरले, २८२ मेगावाटको आयोजना बन्दै

  २०७६ असार १० गते १३:२८     विकासन्युज


काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिको सबै सेयर खरिद गरेको छ ।

मनाङ जिल्ला स्थित २८२ मेगावाटको मस्र्याङ्दी हाइड्रोपावर प्रोजेक्टको कम्पनी मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिको कायम सेयरधनीहरु राजरत्न इनर्जी होल्डिङस् प्रालि र मस्याङ्दी पावर कम्पनी प्रालिको सबै ८८५९६० कित्ता सेयर खरिद गरेको हो ।

मस्र्याङ्दी हाइड्रो पावर प्रोजेक्टले चिनियाँ साझेदारहरु एससीआइजी, इन्टरनेशन, क्यासी इन्टरनेशनल र एससीआईजी इन्टरनेशनल नेपाल ज्वाइन्ट डेभलपमेन्ट प्रालिको संयुक्त लगानीमा २८२ मेगावाट क्षमताको आयोजना निर्माणको प्रक्रियामा रहेको छ । सो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र प्राप्त भई विद्युत खरिद बिक्री प्रक्रियामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.