युनाइटेडले पायो ७२ करोड ५७ लाख रुपैयाँको हकप्रद सेयर निष्काशनको स्वीकृति

  २०७६ असार ९ गते २०:१०     विकासन्युज

काठमाडौ । युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ७२ करोड ५७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न स्विकृति दिएको छ । उक्त कम्पनीलाई बोर्डले १ बराबर २ दशमलव ४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न स्विकृति दिएको हो ।

सोही प्रयोजनका लागि निष्काशन बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको चुक्तापूँजी अहिले ३० करोड २४ लाख रुपैयाँ छ । साथै, ३० लाख २४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.