वान प्लस ७प्रो नेपाली बजारमा, एक वर्षसम्म इन्स्योरेन्सको सुविधा

  २०७६ असार ९ गते १९:४९     विकासन्युज


काठमाडौँ । परम्परागत प्रविधिलाई चुनौती दिदैँ हालै वान प्लसले आफ्नो नविनतम संस्करण वान प्लस ७प्रो नेपाली बजारमा भित्र्याएको छ । वानप्लस ७प्रोमा क्यामेराको अनुभवलाई पुनः परिभाषित गर्ने ट्रिपल क्यामेरा, अप्ग्रेडेड स्क्रिन अनलक टेक्नोलोजी, एकनासको डिस्प्ले लगायतका विशेषताहरु रहेका छन् ।

वान प्लस ७प्रोले छोटो अवधिमा नेपाली बजारमा लोकप्रियता कमाउन सफल भएको छ । वान प्लसले ग्राहकहरुलाई अतिरिक्त सुविधा तथा लाभ पु¥याउने उद्देश्यले कुनैपनि वान प्लस ७प्रो को खरिदमा १ वर्षसम्मको वारेन्टी प्रदान गर्ने भएको छ ।

साथै वानप्लसमा स्क्रिन टुटेफुटेको अवस्थामा एक वर्षसम्मको इन्स्योरेन्स सुविधाको व्यवस्था समेत रहेको छ । वान प्लसले कम लागतमा खरिदपछि पनि गुणस्तरीय तथा जेन्यून उत्पादन प्रदान गर्दछ । यो सबै सेवा पाउनका लागि तपाईंले भ्याट बिल सहितको जेन्यून उत्पादन खरिद गर्नु पर्नेछ । वान प्लस ७प्रो देशभर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.