मेडिसिटी अस्पतालमा फोक्सोपछि स्तनको ट्युमरको सफल उपचार

  २०७६ असार ९ गते १९:४३     विकासन्युज


काठमाडौँ । ३ साता अघि ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाट फोक्सोमा रहेको ट्युुमरको सफल उपचार गर्न सफल नेपाल मेडिसिटी अस्पतालमा स्तनमा रहेको फाइब्रोडेनोमा अर्थात ट्युमरको पनि सफल उपचार गरिएको छ । १६ वर्षिय किशोरीको दुवै स्तनमा रहेका ट्युमरहरुलाई ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘बाटै निष्क्रिय गरिएको हो ।

उपचारमा संलग्न चिकित्सक डा. ओमविजु पन्तका अनुसार सो किशोरीको बाया स्तनमा ३ तथा दायाँमा ४ स्थानमा ट्युमोर रहेको थियो । स्तनका लागि यस किसिमको अभ्यास नेपालमा नरहेको उनले बताए । केहि साता अघिमात्रै नेपाल मेडिसिटी अस्पतालमा नेपालमै पहिलो पटक एक २० वर्षीय युवकको फोक्सोको ट््युमरलाई सर्जरीको विकल्पमा ‘माइक्रोवेभ एब्लेसन प्रक्रिया‘ अर्थात बिना शल्यक्रियानै उपचार गरिएको थियो ।

माइक्रोवेभ एब्लेसन एक यस्तो प्रविधि हो जसले कलेजो, फोक्सो, थाइरोइड ग्रन्थी, स्तन तथा हड्डी लगायतका स्थान ३ देखि ५ सेन्टिमिटरको आकारमा रहेको ट्यूूमरको उपचार गर्न सक्छ । साधारणतया महिलाहरुको स्तनमा देखिने क्यान्सर रहित ट्युमोरलाई फाइब्रोडेनोमा भन्ने गरिन्छ । मांसपेशीमा मात्र लठ्ठाएर गरिएको यस माइक्रोवेभ एब्लेसनले शरिरमा दाग नपार्ने र एकैपटकमा धेरैवटा घाउँहरुको उपचार गर्न सकिने चिकित्सकको भनाइ छ ।

नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन डा. सुनिलकुमार शर्मा ढकालसंगै इन्टरभेन्सन रेडियोलोजिष्ट डा. ओम विजु पन्त र डा. विवेक गुरुङ्ग तथा एनेस्थेसियोलोजिष्ट डा. अपुर्व शर्माको संलग्नतामा स्तनको माइक्रोवेभ एब्लेसन सफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.