क्लिन फिड लागु भए मनोरन्जनका सबै विदेशी च्यानलहरु बन्द हुने

  २०७६ असार ९ गते १९:२४     विकासन्युज

काठमाडौं। सरकारको क्लिन फिड नियमको विरोध गर्दै ईन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितीले २४ घण्टा क्लिन फिड भएका च्यानल मात्र प्रसारण गर्ने भएका छन्। समितिले सोमबार दिउँसो ३ बजे देखी मंगलबार दिउँसो ३ बजे सम्म क्लिन फिड च्यानल प्रसारण गर्ने भएको हो। यसो गर्दा केवल ५ अन्तरराष्ट्रिय च्यानल मात्र प्रसारण हुने समितिले बताएको छ।

समितिले सरकारले बिना कुनै अध्ययन क्लिन फिड लागु गरेको आरोप लगाएका छन्। यसरी क्लिन फिड लागु गर्दा भारतिय च्यानलहरु सबै बन्द हुने र यसले नेपाली च्यानलहरु पनि बन्द हुने अवस्था आउने बताएका छन्। क्लिन फिड लागु हुँदा मनोरन्जनका सबै च्यानलहरु बन्द हुने समितिको दाबी छ।

नेपालमा प्रसारित च्यानलहरुमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी रहेको नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।

इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको अवस्थामा डिजिटाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौं रुपैंयाको लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुने समितिको दावी छ ।

नेपाल सरकारले चाहे जस्तो नियम लागु गर्दा नेपालमा सर्वाधिक रुचाइएको च्यानलहरु कलर्स, स्टार प्लस, जी टीभी लगायतका सम्पूर्ण मनोरञ्जनात्मक च्यानलहरुका साथै खेलकुद प्रेमीहरुले मन पराएका फुटबल, क्रिकेट लगायत अन्य खेलहरु प्रसारण गरिने स्टार स्पोट्र्स, सोनी टेन लगायतका च्यानलहरु पनि नेपाली जनताले हेर्न नपाउने समितिले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.