सोलुखुम्बु र रामेछापमा सनराइज बैंकले खोल्यो नयाँ शाखा

  २०७६ असार ९ गते १६:४८     विकासन्युज

काठमाडौँ । सनराइज बैंकले सोलुखुम्बु स्थित किन्जामा १०८ औँ र रामेछाप स्थित शिवालयमा १०९ औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा लिकुपिके नगरपालिकाका मेयर डम्बरबहादुर बस्नेतले किन्जा शाखाको उद्घाटन गरे ।

साथै गोकूलगंगा गाउँ पालिकाको मेयर खड्कबहादुर सुनुवारले शिवालय शाखाको असार ९ गते उद्घाटन गरे । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यो समेत गरी बैंकको शाखा संख्या १०९ वटा पुगेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.