कालिमाटीमा जनरल ईन्स्योरेन्सको ४० औँ शाखा बिस्तार

  २०७६ असार ९ गते १६:३६     विकासन्युज

काठमाडौ । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको ४० औँ शाखा राजधानीको कालीमाटीमा बिस्तार भएको छ । सोमबार एक समारोहका बीच प्रतिनिधि सभाका सांसद कृष्णगोपाल श्रेष्ठले शाखा कार्यालय उद्घाटन गरेका हुन् । उक्त शाखा उपत्यका भित्रको ११ औँ शाखा सञ्जाल हो ।

शाखा शुभारम्भको अवसरमा जनरल ईन्स्यारेन्स कम्पनीका महाप्रबन्धक एस.के. टमोटले भने-‘विगत एक बर्षदेखी कालिमाटीमा शाखा खोल्ने हाम्रो ईच्छा अहिले आएर पूरा भएको छ ।’ टमोटले आगामी दिनमा कालिमाटी क्षेत्रका बिमितलाई जनरल बीमामा थप सहज हुनेमा जोड दिए ।

कालिमाटीमा खुलेको ११ औँ शाखामा तत्कालका लागि ५ जना कर्मचारी रहने छन् । आगामी दिनमा शाखा संख्या ४० बाट ६० बनाउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कालिमाटीमा सोमबार उद्घाटन गरिएको शाखामा महिला प्रमुख रहेको कम्पनीको जनाएको छ । यस्तै, हालसम्म कम्पनीको ६ वटा शाखामा महिला नै प्रमुख रहेको कार्यक्रममा जानकारी गराईयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.