रौतहटको गरुडामा सिभिल बैंकको नयाँ शाखा

  २०७६ असार ९ गते १६:१०     विकासन्युज

काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा विस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नुराय यादवले गरेका हुन् ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

गरुडा शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८२ पुगेकोे पनि बैंकले जनाएको छ । पछिल्लो समय ग्राहकलाई सेवा प्रदान गर्न उद्देश्यले बैंकले आफ्नो सेवा विस्तारको क्रम बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.