मुगुकोे मुगुम कार्मारोङ्गमा राष्ट्रिय वाणिज्य बैंकको शाखा बिस्तार

  २०७६ असार ९ गते १५:३१     विकासन्युज

काठमाडौँ । कर्णाली प्रदेश अन्तरगत मुगु जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा न. ५ पुलुमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय मुगुम कार्मारोङ शाखाबाट कारोबार शुभारम्भ भएको छ ।

उक्त शाखा बिस्तारसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २२० पुगेको छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २२० वटा शाखा कार्यालय, १७२ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.