एभरेष्ट बैंकका ग्राहकलाई धनगढीको सीपी हस्पिटलमा १०% छुट

  २०७६ असार ९ गते १४:२७     विकासन्युज


काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले धनगढीको सीपी हस्पिटल प्रालिसँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ ।

बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयूमा ग्राहकहरुले बेड चार्ज, डाइग्नोस्टिक (इन हाउस), सर्जरी, प्रोसीड्यूर र फार्मेसीमा १०% छुट पाउने छन् । साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले एटिएम कार्ड वा क्रेडिट कार्ड देखाएर १०% छुट पाउनेछन् ।

एभरेष्ट बैंकको ग्राहक संख्या १० लाख भन्दा बढी रहेको र ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.