सप्तरीको बिद्यालयलाई कृषि विकास बैंकको ९ लाख सहयोग, राष्ट्रपति भण्डारीबाट सम्मानित

  २०७६ असार ९ गते १३:४७     विकासन्युज


काठमाडौँ । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको जनता माध्यमिक बिद्यालय तरहीको हिरक जयन्ती तथा अभिभावक दिवश २०७६ असार ७ गते सम्पन्न भएको छ । कार्यक्रमलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रमुख अतिथिको रुपमा सम्बोधन गरेकी थिइन् ।

उक्त अवसरमा कृषि बिकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त बिद्यालयको बिभिन्न कक्षा कोठाहरुलाई शैक्षिक बाताबरण अनुकुल हुने गरी मर्मत तथा निर्माण, ६० जोडा डेस्क बेञ्च, १० वटा कक्षा कोठाको सिलिङ्ग लगाउने, २ वटा बाल मैत्री कक्षा कोठामा कार्पेटिङ्ग गर्ने तथा २ वटा ४३ ईञ्चको एलईडि टेलिभिजन र ३० थान पङ्खा लगायतका बिद्युतीय सामाग्रीहरुका लागि नौ लाख ७५ हजार रुपैयाँ बरावरको आर्थिक सहयोग गरेको छ ।

सोही समारोहमा शैक्षिक बिकासमा महत्वपूर्ण सहयोग पुर्याए बापत बैंकलाई राष्ट्रपति भण्डारीले सम्मान तथा प्रमाणपत्र प्रदान गरिन् । कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त सम्मान तथा प्रमाणपत्र ग्रहण गरेका हुन् ।

उक्त कार्यक्रमलाई बिशिष्ट अतिथिको रुपमा नेपाल सरकारका उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र अतिथिको रुपमा प्रदेश नं. २ का मुख्यमन्त्रि मोहम्मद लालबाबु राउत, राजपा सांसद चन्द्रकान्त चौधरीले समेत कृषि विकास बैंकले उपलव्ध गराएको सहयोगको सराहना गर्दै शुभकामना व्यक्त गरेका थिए ।

सम्मान कार्यक्रमको समापनपछि कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकको क्षेत्रीय कार्यालय राजबिराज तथा अन्तर्गतको शाखा कार्यालय बोदेबर्साईनबाट आयमूलक कार्यक्रमका लागि नेपाल सरकारको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत सञ्चालन भएको बिनाधितोको अनुदानमूलक कर्जा कार्यक्रमा सम्बद्ध बिभिन्न महिला समूहहरुसंग अन्तरकृया समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.