प्रिमियर इन्स्योरेन्सको प्रिमियम बुझाउन अब कार्यालय धाउनु नपर्ने, खल्तीबाट सिधै भुक्तानी

  २०७६ असार ९ गते १३:२४     विकासन्युज


काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र खल्ती डिजिटल वालेटका तर्फबाट सह–संस्थापक र निर्देशक अमित अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि प्रिमियर इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

सो सम्झौता पश्चातग्राहकले नेपालभर कुनैपनि ठाउँबाट खल्तीमार्फत बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.