राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमण खर्च एक महिनाकै ५ करोड २२ लाख रूपैयाँ

  २०७६ असार ९ गते १०:४६     विकासन्युज

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भियतनाम तथा कम्बोडिया भ्रमणका बेला ५ करोड २२ लाख खर्च भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधि मण्डलले चीन भ्रमणका बेला तीन करोड नौ लाख रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले बताएको छ ।

अर्थले भ्रमण खर्च वियमावली २०६४ ले गरेको व्यवस्था अनुसार अतिविशिष्ट तहको भ्रमणका लागि सो खर्च गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ देखि चीनको ९ दिने राजकीय भ्रमण गरेकी थिइन् ।

भण्डारी बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो शिखर सम्मेलनमा भाग लिने र सम्बोधन गर्ने कार्यक्रम चीन गएकी हुन् ।

राष्ट्रपति भण्डारीसँगै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडललगायत अधिकारीहरू चीन भ्रमणमा सहभागि भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुराको जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले वैशाख २६ देखि ३० सम्म भियतनाम र त्यसपछि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमण गरेका छन् । प्रम ओलीले भियतनामका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणमा सो भ्रमण गर्न लागेका हुन् ।

भियतनामाले लामो युद्धपछि तीव्र विकास र प्रगति गर्नुका साथै लगानीका लागि विश्वको ‘वेस्ट प्लेस’ भएको चर्चा गर्दै भ्रमणका क्रममा भियतनामले हासिल गरेको उपलब्धिको जानकारी लिने उद्देश्यले सो भ्रमण तय गरिएको थियो । सो भ्रमणमा दुई करोड १२ लाख रुपैयाँ खर्च भएकाले अर्थले जेठ महिनामा सो रकम निकासा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.