निर्यात गर्ने भए चाहेजति सुन उपलब्ध गराउन सकिन्छः गभर्नर

  २०७६ असार ८ गते १९:२८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीबि नेपालले उद्यमी व्यवसायीले निर्यातलाई प्राथमिकता दिए चाहेजति सुन उपलब्ध गराउने बताएका छन् । नेपाल रत्न तथा आभूषण संघको १५औ वाीर्षक साधारण सभाको उद्घाटन गर्दै गर्भनर डा. नेपालले अब नेपाली व्यवसायीहरूले परम्परागत ढंगबाट भन्दा पनि आधुनिक, गुणस्तरीय वस्तु उत्पादनमा जोडदिनुपर्ने वताए ।

उनले गरगहना निकासीलाई प्राथमिकता दिएर वस्तुहरु उत्पादन गरेमा चाहेजति सुन उपलब्ध गराउन नेपाल राष्ट्रबैक तयार रहेको वताए । सुनचाँदीको कारोवार गर्ने व्यवसायीहरुको विचमा एकता अनिवार्य रहेको बताउदै सक्षम कालिगढ उत्पादन गर्न तालिम उपलब्ध गराउन देखि विश्व परिवेशमा नेपाली उत्पादनलाई वैज्ञानिक र गुणस्तरीय बनाउन चाहिने मेसिनरी औजार को लागि नेपाल राष्ट्र बैकंले सहयोग गर्ने वताए ।

कायक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाली गरगहनाको क्षेत्रमा देखा परेका समस्या र चुनौतीमा राज्य गम्भिर हुनुपर्ने वताए । उनले प्रर्याप्त सुन अभावका कारण व्यवसाय चलाउन गाह्रो परेको बताउदै उनले भनिन् ‘ यदि यो क्षेत्रमा नेपालीलाई आत्म निर्भर गराउन सके धेरैलाई रोजगारी दिन सकिन्छ ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णु नेपालले सुनचाँदी हिराजुहारत जस्ता व्यवसाय बहुमुल्य घातु भएकाले पारदर्शी र व्यवस्थित हिसावले कारोवार गर्नुपर्र्ने बताए । यो व्यवसाय संबेदनसिल व्यवशाय भएकाले गम्भिर भएर यसको एकाउन्टीकङ प्रणालीलाई पारदर्शी ढङ्गबाट रिपोटिङ गर्न अनुरोध गरे । उनले सरकारले ल्याएका नीती नियमका कारण कुनै समस्या आए आफु जहिले पनि व्यवसायीसँगै छलफलमा रहने उनको धारणा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.