एनआईशी एशिया बैंकमा डिम्याट खाता छ ? अनलाइनबाटै यसरी तिर्नुस् ‘मेराे शेयर’काे शुल्क

  २०७६ असार ८ गते १७:४०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलले अनलाइनबाटै मेरो शेयरको शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । एनआईशी एशिया क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकलाई इसेवाको प्रयोगद्वारा त्यस्तो भुक्तानी गर्ने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ । यसले आफ्ना ग्राहकहरुलाई थप सहज तरिकाले सेवा प्राप्त गर्ने सुनिश्चितता प्राप्त हुने क्यापिटलले विश्वास लिएको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ । साथै एनआईसी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजनाएनआई सी एशियाग्रोथ फण्ड संचालन गरिरहेको छ ।

मेराे शेयर प्रयाेगकर्ताहरूले प्रत्येक वर्ष नवीकरण शुल्कबापत १०० रूपैंया सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) लिमिटेड लाई तिर्नुपर्छ । सीडीएससीले सो रकम सम्बन्धित हितग्राही खाता खोल्ने मर्चेन्ट बैंकरमार्फत् नै उठाउने गरेको छ ।

One comment on "एनआईशी एशिया बैंकमा डिम्याट खाता छ ? अनलाइनबाटै यसरी तिर्नुस् ‘मेराे शेयर’काे शुल्क"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.