केश टिचिङ पाडागोजी कार्यशाला सम्पन्न

  २०७६ असार ८ गते १५:२३     विकासन्युज

काठमाडौं । त्रिवि व्यवस्थापन सङ्काय, डीन कार्यालयको सहयोग तथा सरस्वती बहुमुखी क्याम्पसको आयोजनामा “केश टिचिङ पाडागोजी” सम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा त्रिविका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुका व्यवस्थापन र वित्तशास्त्र विषयका ८० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो । कार्यशालाको उद्घाटन गर्दै व्यवस्थापन सङ्कायका डीन प्रा.डा. डिल्लीराज शर्माले विगतमा चरम राजनीतिले ग्रसित सरस्वती बहुमुखी क्याम्पस जुरुक्क उठेकोमा खुसी लागेको र मुलुक परिवर्तनको लागि यसबाट शिक्षा लिनुपर्ने बताए ।
त्रिवि व्यवस्थापन सङ्कायका सहायक डीन दिनेशमणि घिमिरेले शैक्षिक गुणस्तरका लागि विश्वविद्यालय सही बाटोमा अघि बढिरहेको उल्लेख गरे । नेपाल प्राध्यापक संघका सभापति रामेश्वर उपाध्यायले प्राध्यापकहरुले सैद्धान्तिक र व्यवहारिक रुपमा समय सापेक्षित बाटो देखाउनुपर्ने बताए । नेपाल कमर्श क्याम्पसका क्याम्पस प्रमुख जीवनकुमार भट्टराईले व्यवस्थापन सङ्काय अन्तर्गतका विषयहरुमा विद्यार्थीहरुको आकर्षण दिनप्रतिदिन बढ्दै गएको सन्दर्भमा यस खालका कार्यशालाहरुले प्राध्यापकहरुको शिक्षण सिकाईलाई अझ तिखार्ने उनकाे भने । स्वागत मन्तव्यको क्रममा सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेण्ट सेल तथा बीबीए डाइरेक्टर प्रा.डा. सतीशकुमार ओझाले देशभित्र र विदेशमा फ्याकल्टीहरुले आफूलाई अब्बल सावित गर्न कार्यशालाले थप मद्दत गर्ने उल्लेख गरेका छन् ।

उद्घाटन तथा समापन सत्रमा सरस्वती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. गोलमान गुरुङले सभापतिको आशनबाट बोल्दै शैक्षिक क्षेत्रमा न्यून भ्रष्टाचारको विधि अपनाई विद्यार्थी र प्राध्यापकहरुको गुणस्तर अभिवृद्धि गर्नेतर्फ जोड दिए ।समापन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट त्रिवि वित्तशास्त्र विषय समितिका अध्यक्ष प्रा.डा. बालकृष्ण श्रेष्ठले केश टिचिङ पाडागोजीमा भएको कार्यशाला पहिलो पाइलाको शुरुवात भएको जानकारी दिए ।

कार्यशालामा सहभागीहरुको तर्फबाट प्रा.डा. युवाराज भट्टराई, डा.पुष्पा महर्जन, अञ्जु गौचाले मन्तव्यको क्रममा ट्रान्स्फरमेशनको नमूनाको रुपमा सरस्वती बहुमुखी क्याम्पस मुलुकमै उदाहरणीय बनेको उल्लेख गरे । कार्यशालामा केश डेभलपमेण्ट र विश्लेषणतर्फ प्रा.डा. महानन्द चालिसे, सह प्रा.डा. ध्रुवलाल पाण्डे, सह प्रा.डा. गोविन्द तामाङ तथा एमएस एक्सलतर्फ प्रा.डा. राजनबहादुर पौडेल, सञ्जय घिमिरे र भरतसिंह थापाले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.