आगामी आवको पुँजीगत बजेट ६ खर्ब ४६ अर्ब, प्रदेश र स्थानीय तहको साढे दुई खर्ब

  २०७६ असार ८ गते १५:०५     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी आवमा विनियोजित बजेटमध्ये ६ खर्ब ४६ अर्ब पुँजीगत बजेट भएको बताएको छ ।

सरकारले आगामी आवमा १५ सय ३२ अर्ब बजेट प्रस्तुत गरेको छ । सो बजेट मध्ये ६ सय २६ अर्ब विकास बजेट भएको आयोगका सचिव लक्ष्मण अर्यालले बताए ।

‘संघीय सरकारबाट प्रदेश र स्थानीय तहमा जाने बजेट समेत गर्दा विकास बजेट सवा ६ खर्ब पुग्छ,’ उनले भने ‘विकास निर्माणका काममा प्रशस्त बजेट विनियोजन भएको छ ।

संघीय सरकारले आगामी आवको लागि चार खर्ब ८ अर्ब पुँजीगत बजेट विनियोजन गरेको छ । प्रदेश र स्थानीय तहमा क्रमशः एक खर्ब ३८ अर्ब र एक खर्ब बजेट विनियोजन भएको हो ।

देश पूर्वाधार विकास निर्माणमा जुटेको छ । सरकारले चालु आवका लागि तीन खर्ब १३ अर्ब रुपैयाँ पुँजीगत खर्चमा छुट्याएको छ । सो बजेटमध्ये हालसम्म एक खर्ब ५६ अर्ब ८१ करोडमात्रै खर्च गरेको छ ।

पुँजीगत खर्च


संघः                   ४.0८ खर्ब
प्रदेशः                 १.३८ खर्ब
स्थानीय तहः      १.00 खर्ब
कुलः                ६.४६ खर्ब

संघ, प्रदेश र स्थानीय तहगरी संघीय बजेटको आधा जति विकास निर्माणमा खर्च हुने देखिएको छ । कतिपय नयाँ आयोजना थपिएका छन् भने कति निर्माणको क्रममा रहेका छन् ।

राज्यको प्राथमिकता नै पूर्वाधार निर्माण, विकास र समृद्धि भएकोले यहि अनुरुपको बजेट विनियोजन गरिएको हो । संघीय सरकारले आगामी आवको लागि वित्तीय समानीकरण र सशर्त अनुदान गरी प्रदेशलाई ९९ अर्ब ८४ करोड र स्थानीय तहलाई दुई खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.