स्नातकोत्तर प्रथम बर्षको प्राईभेट परीक्षाको केन्द्र सार्वजनिक

  २०७६ असार ८ गते १४:००     विकासन्युज

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले स्नातककोत्तरको प्राईभेट तर्फको प्रथम बर्षको परिक्षा केन्द्र सार्वजनिक गरेको छ। त्रिविले असार ११ गते देखी हुने स्नातककोत्तर प्रथम बर्षको प्रथम बर्षको काठमाडौँ तथा काभ्रेपलाञ्चोक जिल्लाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो।

यो साल प्राईभेट परिक्षा अन्तिम पटक संचालन हुँदै छ र आउँदो सत्र देखी प्राइभेट परीक्षा फारम भर्न बन्द गरिएको छ।

विद्यार्थीहरुले प्राइभेट परीक्षा अन्तर्गत स्नातकोत्तर तहमा राजनीति शास्त्र र जनप्रशासन (मास्टर्स अफ पब्लिक एड्मिनिस्टेरेसन) विषयमा परिक्षा दिदै छन्। अन्य बिषयमा ‘प्राक्टिकल’ गर्नुपर्ने भएकोले प्राईभेट परिक्षाको व्यवस्था गर्न नपाएको परिक्षा नियन्त्रण कार्यलयले जनाएको छ।

प्राइभेट परिक्षामा विद्यार्थीले क्याम्पस नगई स्वअध्ययन परिक्षामा मात्र सहभागी हुनसक्ने व्यवस्था रहेको छ।

त्रिविले भने अहिले धेरै जसो स्नातकोत्तर तहका अधिकांश विषयमा सेमेस्टर प्रणाली लागू गरिसकेको छ।  सेमेस्टर प्रणाली अनुसार विद्यार्थीको ८० प्रतिसत हाजिर र सबै ‘प्र्याक्टिकल’ बिषयको टर्म पेपर तयार गर्नुपर्ने हुन्छ।

परिक्षा केन्द्र तल दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.