एटीएमबाट २० लाख बढी रकम निकाल्ने शंखमुलका राजुकुमार पाण्डे प्रकाउ

  २०७६ असार ६ गते २०:१७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको काठमाण्डौ उपत्यका स्थितका बिभिन्न स्थानमा राखिएको एटीएम बुथहरुबाट २० लाख रुपैयाँभन्दा बढी रकम निकाल्ने बाराका प्रतिवादी राजुकुमार पाण्डे प्रकाउ परेका छन् । अनाधिकृत र गैह्रकानूनी रुपमा ‘फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड’हरुको प्रयोग गरी पैसा निकाल्ने क्रममा संलग्न स्थायी ठेगाना बारा र हाल शंखमुलमा बस्ने ३३ वर्षको पाण्डे असार ५ गते प्रकाउ परेका हुन् ।

यस सम्बन्धि उच्च अदालत पाटनबाट ७ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको महाराजगंजस्थित प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

बरामद भएका सामानहरुः

१. गोल्डेन कलरको सादा कार्ड थान–२(दुई), ई ५० फर यू एसोदा लेखिएको कार्ड थान–२(दुई), हाउस अफ फ्रेजर गिफ्ट सीएडी लेखिएको थान–१(एक), ओएस्टर लेखिएको कार्ड थान १(एक), प्रभु बैंकको सिसिर भण्डारीको नामको भिषा कार्ड थान १, स्टेड बैंकको मास्टर कार्ड थान १, नबिल बैंकको दिपावली पाण्डेको नामको भिषा कार्ड थान १, एस बैंकको फुर्ब वानचउकको मास्टर कार्ड थान १, सेञ्चुरी बैंकको पजल बस्नेतको भिषा डेबिड कार्ड थान १, आईएमई प्रिभिलेज कार्ड लेखिएको थान १ गरी जम्मा १२ वटा सामानहरु बरामद भएका छन् ।

२. रातो कलरको नोकिया कम्पनीको मोबाइल थान १, सिलवर कलरको आईफोन थान १,

३. नेपाली नगद एक हजार दरका ६६२ थान नोट ६ लाख ६२ हजार रुपैयाँ, ५०० दरका ४८ थान नोट २४ हजार रुपैयाँ,

४. एप्पल कम्पनीको ल्यापटप थान २

अनुसान्धानबाट थप खुल्न आएका कुराहरुः

१. नीज पक्राउ अभियुक्त राजु पाण्डे र ३ जना रोम्यानियन नागरिकहरु मिलाी राष्ट्रिय वाणिज्य बैंकको काठमाडौंस्थित विभिन्न एटीएम बुथबाट पैसा निकालेको,

२. प्रकाउ परेको अभियुक्तसँग रोमानियन नागरिकहरुको ७/८ महिना अगाडी नेपाल आउदा ठमेलमा चिनजान भई उक्त कार्यमा संलग्न रहेको,

३. प्रकाउ अभियुक्तले विदेशीहरुलाई विभिन्न एटीएम बुथमा पुर्याई एटीएमबाट अनाधिकृत रुपमा निकालिएको रकम बाँडफाँड गरी लिने गरेको,

४. हाल उक्त विदेशीहरुले नेपाल छोडी सकेको बुझिएको ब्युरोले जनाइको छ ।

सीआईबीले हालसम्म नेपाली ९६ लाख ६२ हजार ८५० रुपैया, अमेरिकी डलर ७५ हजार २२५, युरो ७३ हजार ८७५, ईन्डोनेसियन रुपी ३३ हजार, फिलिपिन करेन्सी ४७० र विभिन्न एटीएम कार्ड १३६९ थान बरामद गरिएको जनाईएको छ ।

त्यस्तै, एटीएम ठगीमा ब्यूरोले हालसम्म ६ नेपाल, ४ रोमानियन, ४ टर्कीस, ४ बुल्गेरियन, २ भारतीय र ४ मोल्दोभियन गरी जम्मा २४ जनालाई पक्राउ गरेको बतार्ईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.