मुगुकाे गमगढी बजारका ५ चोकहरुमा सडक बत्ती जडान

  २०७६ असार ६ गते १६:४५     विकासन्युज

काठमाडौं । मुगु जिल्ला सदरमुकाम गमगढीको पुरानो तथा मूल बजारका सडकमा सडक बत्ती जडान गरिएको छ ।छायाँनाथ रारा नगरपालिकाले जिल्ला सदरमुकाम गमगढी बजारका ५ वटा चोकहरुमा सडक बत्ती जडान गरेको हो । सडक बत्तीहरुको विधिवत रुपमा बिहीबार साँझ उद्घाटन गरेर सेवा सञ्चालन गरिएको छ ।

सडक बत्तीको उद्घाटन गर्दै नगरप्रमुख हरिजंग शाहीले बजार क्षेत्रमा शान्ति सुरक्षा, बटुवालाई आवत जावतमा सहज र बजारलाई रात्रिको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको बताएका छन् । उनले अहिले परीक्षणका रुपमा सदरमुकामका पाँच स्थानमा स्वचालित सडक बत्ती जडान गरिएको र भविष्यमा क्रमिक रुपमा नगरक्षेत्रका ग्रामीण बजार र सडकमा समेत सडक बत्ती जडान गर्ने योजना नगरपालिकाको रहेको जानकारी गराएका छन् ।

गमगढी बजारका व्यस्त चोकहरु अदालत चोक, मिलन चोक, कृष्ण चोक, हाईस्कुल चोक र चैन चोकका ती सडकमा बत्तीहरु राखेर सञ्चालन गरिएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.