सूर्या लाइफ इन्स्योरेन्सलाई इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड

  २०७६ असार ५ गते १९:२७     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले इमर्जिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पाउन सफल भएको छ । इन्स्योरेन्स्लाई भारतीय चेम्बर अफ कमर्शले सन् १४ जुन, २०१९मा थाईल्याण्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण गरेको छ ।

कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्सले नेपालमा बीमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकोले इमेरजिङ्ग एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पुरस्कार दिएको हो । कम्पनीले भारतीय चेम्बर अफ कमर्शबाट स्पेसल रेकग्निसन् फर इन्स्योरेन्स स्पेरडीङ् स्ट्रयाटेजी फर द् यर २०१९ पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.