यूनियन लाइफ इन्स्योरेन्सको प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा

  २०७६ असार ५ गते १८:५१     विकासन्युज

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश नं ३ अन्तर्गतको प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन बिहीबार(आज) बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाई, कम्पनी संचालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने व्यवस्था गरिएको छ ।

उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले यूनियन लाइफ इन्स्योरेन्सले बीमा क्षेत्रमा आगामी दिनमा उल्लेख्य योगदान गर्न शुभकामना दिएका छन् । साथै, देशमा बीमा व्यवसायका लागि अनुकुल वातावरण बनाउन बीमा समिति सक्रिय भएर लागि परिरहेको बताउँदै नेपालमा बीमाको कभरेज २० प्रतिशतभन्दा बढि पुग्ने अवस्था रहेको उनले बताए ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लाल कर्णले कम्पनीले आ.व. २०७५।७६ को जेष्ठ मसान्त सम्म १ अर्ब ९२ करोड प्रथम बीमा शुल्क संकलन गरेको जानकारी दिए ।

कम्पनीले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी शाखा तथा उपशाखा कार्यालयहरुको कार्य संचालन प्रणालीलाई प्रभावकारी बनाउने नीति लिएको छ । कम्पनीका देशभर १५६ शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा रहेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.